युवा स्टार पल आखिर कस्को मायामा परे ‘बरिलै’ ? (भिडियो)
निकै लामो समयको ग्याप पछि अहिलेका युवा स्टार नायक पल शाह द्वारा अभिनित म्युजिक भिडियो ‘बरिलै’ सार्वजनिक भएको छ । गायक किरण भुजेलको स्वरमा रहेको ‘बरिलै’ बोलको गीतमा डि.पी खनालको शब्द रहेको छ । गीतमा शंकर थापा स्माईले संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
भिडियोमा नायक पललाई मोडल जुना सुन्दासले साथ दिएकी छन् भने नेपाली ठिटोज ग्रुपको कोरियोग्राफी तथा नृत्य रहेको छ । बिकाश सुबेदीको निर्देशनमा तयार भएको भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका छन् । भिडियोको सम्पादन सिलन लम्सालले गरेका छन् । हेर्नुस् भिडियो :
For More videos Log on to Mazzako TV









