‘म यस्तो गीत गाउँछु’बाट पूजा अभिनेत्रीसँगै हिट निर्मात्री
फिल्ममा लगानी गरेर कमै मात्र अभिनेत्री हिट भएका छन् । अभिनेत्रीको रुपमा हिट भएपनि निर्मात्रीको रुपमा धेरै असफल भएका छन् । तर, अभिनेत्री पूजा शर्मा यस्ती भाग्यमानी कलाकार हुन्, जो पहिलो फिल्ममा लगानी गरेरै हिट भएकी छिन् । 
अभिनेत्रीले निर्माण गरेको पहिलो फिल्म ‘म यस्तो गीत गाउँछु’ बक्स अफिसमा हिट साबित भएको छ । योसँगै पूजा नेपालकी हिट निर्मात्रीको रुपमा दहरिएकी छिन् । पूजा अब आफूले फिल्म निर्माण र अभिनयलाई एकसाथ अगाडि लैजाने बताउँछिन् । उनका अनुसार, आफै फिल्मको निर्मात्री र अभिनेत्री बन्ने उनको सोच छ ।
उनी, अब नयाँ फिल्म निर्देशक सुदर्शन थापासँग मिलेर बनाउने तयारीमा छिन् । आफूले फिल्ममा लगानी गर्दा पनि फाप्छ भन्ने देखिएको पूजाको वुझाई छ ।
For More videos Log on to Mazzako TV







