नेपाली फिल्मका धेरै कलाकारलाई अमेरिका सपना नै बन्ने गर्छ । करिअर सकिदै गएपछि अमेरिका गएर बस्ने सोचका धेरै कलाकार अगाडि बढेको देखिन्छ । अभिनेता संयम पुरी पनि अहिले अमेरिकाका लागि ग्रीन कार्ड एप्लाई नेपालबाटै गरिरहेका छन् ।

संयमका पिता निर्देशक नारायण पुरी त ग्रीन कार्ड लिएर अमेरिकामै छन् । तर, संयमको उमेर १६ बर्ष कटेकाले उनी बाबुको तर्फबाट अमेरिका जान पाएनन् । यसैले, उनी अहिले नेपालबाटै ग्रीन कार्डको दौडमा लागेका छन् ।

उनै, संयम अभिनित फिल्म ‘ग्याङस्टार ब्लूज’ रिलिजको तयारीमा छ । भदौ २ गतेबाट रिलिज हुने यो फिल्ममा संयम रमाइलो भूमिकामा देखिएका छन् । संयम नेपाली फिल्ममा आशा लाग्दो रुपमा उदाएपनि खासै चम्किएनन् ।

अमेरिकाको बाटो समाउन लागेका संयमका लागि यो फिल्मको व्यापार कती महत्वपूर्ण होला ?

For More videos Log on to Mazzako TV