आर्यनलाई फेरि पत्याएन अमेरिकाले
अभिनेता आर्यन सिग्देलका लागि अमेरिका जानु सबैभन्दा गाह्रो कुरा भएको छ । अभिनेता सिग्देललाई अमेरिकाले खै किन पत्याउँदैन ?यो पटक पनि आर्यनलाई अमेरिकाले भिसा दिएन । अमेरिकामा आयोजना हुन लागेको एक अवार्ड समारोहमा सहभागी हुनका लागि तयार भएका आर्यनलाई अमेरिकाले पत्याएन । आर्यनलाई अमेरिकाले पाँचौ पटक भिसा नदिएको हो । 
आर्यनसँगै नेपाली फिल्मका धेरै कलाकारले भिसा पाएनन् । अभिनेत्री अनु शाह, सुरविना कार्की, ममता प्रधान, अभिनेता आयुष रिजाल लगायतका कलाकारलाई पनि अमेरिकाले भिसा दिएन । अभिनेता अनमोल केसीलाई यो पटक अमेरिकाले पत्यायो ।
आखिर, आर्यनलाई किन अमेरिकाले बारम्बार रिजेक्ट गरिरहेको छ, यो भने आफैमा अचम्म लाग्दो कुरा भएको छ ।
For More videos Log on to Mazzako TV







