केकीले नसुधारेको एउटा गल्ती
अभिनेत्री केकी अधिकारीको चर्चा नेपाली मिडियामा अहिले फिल्मका कारण भन्दा म्यूजिक भिडियोका कारण बढी भैरहेको छ । एकपछि अर्को म्यूजिक भिडियोमा व्यस्त केकी खै किन हो, यो गल्ती सुधार्न नै चाहन्नन् । 
केकी अधिकारी अभिनित २ फिल्म यो बर्ष रिलिज हुनेछ । दुबै फिल्म चल्नका लागि केकी पनि चल्नुपर्छ । तर, फिल्मको पर्दामा केकी अधिकारी सफल छैनन् । केकीका लागि फिल्म चल्नु र नचल्नुले खासै फरक पारेको छैन । उनी, जसरी हुन्छ फिल्म वा म्यूजिक भिडियोबाट पैसा कमाउने धुनमा छिन् । होइन भने केकी अधिकारी जस्ती अभिनेत्रीले आफ्नो दायित्वको बारेमा सोच्नुपर्ने हो कि होइन ?
कलाकारहरु चर्को पारिश्रमिक त डिमाण्ड गर्छन् । तर, कलाकारको दायित्व के हो भन्ने विर्सन्छन् । केकी पनि सफल हुन नसक्नुको एउटा कारण यही नै रहेको फिल्म वृत्तमा चर्चा हुन थालेको छ । नयाँ अभिनेत्रीहरुको आगमनसँगै अब पुराना अभिनेत्रीलाई झनै गाह्रो हुने देखिएको छ ।
For More videos Log on to Mazzako TV







