केकी र बिशालको रोमान्स (भिडियो)
गायक धन साम्पाङ राईको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक धनले ‘सानुमाया’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । उक्त भिडियोमा नायिका तथा मोडल केकी अधिकारी तथा रंगपत्रकार विशाल राईको मज्जाको केमेष्ट्रि देखिन्छ ।

हालै युट्युब मार्फत सार्वजनिक भएको गीतमा साम लिम्बुको शब्द सङ्गीत रहेको छ । गोदावरीको मनोरम दृश्यलाई कैद गरिएको भिडियोलाई राकेश किरातीले निर्देशन गरेका हुन् । भिडियोमा अधुरो प्रेमकथालाई सफल बनाउन गरिएको एक जोडीको कथा समेटिएको छ । भुपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडियोलाई बुद्ध थापा मगरले सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो :
For More videos Log on to Mazzako TV








