अभिनेता अनमोल केसीको नयाँ फिल्म रिलिज हुन करिब २ बर्ष लाग्ने देखिएको छ । हुनत, फिल्म रिलिज नभएपनि अनमोल केसीको चर्चा भने नेपाली मिडियामा कम भएको छैन । अनमोल हरेक दिन मिडियामा नयाँ नयाँ रंगले तरंगित बन्ने गरेका छन् । तर, लामो समयको ग्यापले अनमोललाई फाइदा होला कि घाटा ?

अनमोलको फिल्म रिलिज नहुँदा बक्स अफिसमा नयाँ नयाँ अभिनेताहरु चलिरहेका छन् । बजारमा ‘म यस्तो गीत गाउँछु’ अभिनेता पल शाहदेखि ‘प्रेमगीत २’ अभिनेता प्रदिप खड्काको चर्चा सुरु भएको छ । यी दुई अभिनेता अबका स्टार हुन् भन्ने खालका टिप्पणी सुरु भएको छ । बक्स अफिसमा यी दुइले लगातार स्वाद चाखेका छन् ।

यस्तो, अवस्थामा अनमोल अभिनित फिल्म ‘कृ’को प्रदर्शन पछाडि सरिरहेको छ । अनमोल ढिलो आउँदा कतै उनलाई अन्य अभिनेताले उछिन्ने त होइनन् ?

For More videos Log on to Mazzako TV