अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र निर्देशक झरना थापा भएर फिल्म ‘ए मेरो हजुर २’का लागि अभिनेता खोजी गरिरहेका थिए । तर, उनीहरुले धेरै यूवाको फोटो हेरेपनि कसैमा चित्त वुझाएनन् ।
तर, जब अभिनेता सलिनमान बनियाँको तस्बिर हेरे, साम्राज्ञीले नै झरनालाई सलिनलाई लिन सिफारिश गरिन् । साम्राज्ञीको सो निर्णय अहिले सही सावित भैरहेको छ । भदौ १६ गतेबाट रिलिज हुने फिल्म ‘ए मेरो हजुर २’मा साम्राज्ञी र सलिनको जोडीलाई खुबै रुचाइएको छ ।

नेपाली फिल्म नगरिमा सलिनको क्रेज फिल्मको गीत र ट्रेलर सार्वजनिक भएसँगै खुबै भैरहेको छ । कतिपयले नेपाली फिल्मले अब यो फिल्मबाट सलिनलाई नयाँ स्टारको रुपमा साउने टिप्पणी समेत गरिरहेका छन् ।

सलिनको अभिनय त दर्शकले पर्दामा हेर्न पाएका छैनन् । तर, सलिनको छोटो समयकै लोकप्रियताले उनलाई नेपाली फिल्मको नयाँ सुपरस्टारको रुपमा हेर्न थालिएको छ ।

For More videos Log on to Mazzako TV