समाजसेवाबाट फिल्मको प्रचार, संचिता पनि पुगिन्
भदौ ३० गतेबाट रिलिज हुन लागेको फिल्म ‘लिला’को प्रचारको सुरुवात समाजसेवाबाट गरिएको छ । आइतबार पशुपतिस्थित वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई भोजन गराउँदै फिल्मको प्रचार सुरुवात गरिएको हो । यो फिल्मलाई कृष्ण दंगालले निर्माण गरेका हुन् ।
सोही कार्यक्रममा चलचित्रका अभिनेता राज कटुवाल, अभिनेत्री संचिता लुइटेल, कलाकार तथा निर्माता सीपी पौडेल, हाँस्य कलाकार देबिराम पराजुली, निर्माता लक्ष्मण बस्नेत, निर्देशक रमेश कोइराला, सहायक निर्देशक राधाकृष्ण लगायतले आफ्नै हातले बृद्धबृद्धालाई खाना समेत खुवाए । चलचित्रकी मुख्य अभिनेत्री मलिना जोशीले भने कार्यक्रममा देखा परिन् ।
‘प्रचार प्रसारको थालनी राम्रो कामबाट गर्नुपर्छ भन्ने हिसावले बृद्धबृद्धाको सेवा गरेर सुरुवात गरेका हौ’ निर्माता मध्येका एक सीपी पौडेलले भने । सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको ‘लिला’लाइ रमेश कोइरालाले निर्देशन गरेका हुन् ।
यो फिल्ममा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय छ ।
For More videos Log on to Mazzako TV







