थाइल्याण्ड ईन्टरनेश्नल फिल्म डेस्टिनेसन फेस्टीबलमा यस बर्ष नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ ले बेस्ट आउटस्टाण्डिङ प्रेजेन्टेसनको अवार्ड हात पारेको छ । थाइल्याण्ड सरकारले अन्तराष्ट्रिय फिल्मको लागि छायांकनको गन्तब्य बनाउने उदेश्यले हरेक बर्ष आयोजना गर्ने यस फेस्टीबलमा १४ देशका ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए ।

विश्व भरिका फिल्म स्कुल र कलेजहरु बाट मात्रै सहभागी हुन पाउने उक्त प्रतिस्पर्धामा यस बर्ष नेपालबाट ओस्कर ईन्टरनेश्नल कलेजबाट ३ वटा र कान्तिपुर फिल्म एकेडेमीबाट एउटा गरी ४ वटा फिल्म प्रतिष्पर्धामा थिए । जसमा कान्तिपुर फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरु अशिन पौडेल र रोनिस राउतले बनाएको ७ मिनेट लामो फिल्म ‘लस्ट एण्ड फाउण्ड’ ले उक्त अवार्ड हात पार्न सफल भएको हो । यही जुलाई २७ तारिखको दिन थाईल्याण्डको बैँककमा आयोजीत उक्त फेस्टीवलमा नेपालसँगै मेक्सीको को ‘ईफ आई वेर ब्रेभ’ ले बेस्ट फिल्मको अवार्ड जितेको थियो ।

For More videos Log on to Mazzako TV