रजनी र सुरविना, जसलाई एउटै फिल्मको आशा
नेपाली फिल्म क्षेत्रमा अहिले केही अभिनेत्रीलाई भ्याइनभ्याइ छ भने केहीको हातमा फिल्म नै छैन । कोही फिल्म धेरै भएर दिनरात काम गरिरहेका छन् भने कोही फिल्म नै नभएर थन्किएका छन् । 
अभिनेत्री रजनी केसी र सुरविना कार्कीको हकमा पनि यही कुरा लागू भएको छ । दुबैजना चर्चाबिहिन छन् । रजनी एउटा टीभी सिरियलमा काम गरिरहेकी छिन् भने सुरविनाको हात त पूर्ण खाली छ ।
मुम्बइमा अनुपम खेरको स्टूडियोमा ३ महिनाको अभिनय कोर्स सिकेर आएपछि उनलाई फिल्म क्षेत्रमा व्यस्त हुने अपेक्षा थियो । तर, उनले सोचेजस्तो भएन ।
यी दुबै अभिनेत्रीले एकसाथ काम गरेको फिल्म ‘चर्खा’ रिलिजको क्रममा छ । यो फिल्मको व्यापारको आशा यी दुबैमा छ । तर, फिल्म कहिले रिलिज हुन्छ पत्तो छैन ।








