शुक्रबारबाट रिलिज भएको फिल्म ‘प्रेमगीत २’ले शुक्रबार र शनिबार देशभरका हलमा निकै राम्रो व्यापार गरेको छ । व्यापारिक आँकडा सार्वजनिक नभएपनि फिल्म हेर्नका लागि देशभर दर्शकको उपस्थिती राम्रो थियो । काठमाण्डौका सिंगल र मल्टिप्लेक्स दुबै हलमा दर्शकको उपस्थिती हाउसफूल रह्यो ।
फिल्मका अभिनेता प्रदिप खड्का, अभिनेत्री अश्लेषा ठकुरी, निर्देशक रामशरठ पाठक, निर्माता सन्तोष सेन दिनभर नै हलमा देखिए । उनीहरुले दर्शकसँग सेल्फी खिचे, फिल्म हेरिदिएकोमा धन्यवाद दिए ।

बर्मामा बस्ने यूवती र नेपालमा बस्ने यूवकविचको प्रेम, प्रेममा उत्पन्न हुने समस्या र त्यसका लागि लडाई नै यो फिल्मको मुख्य कथा हो । नेपालमा यो बर्ष लभ स्टोरी फिल्मले राम्रो हाइप बनाउन सकेको खण्डमा राम्रो व्यापार गर्ने देखिएको छ । यसअगाडि लभ स्टोरी कथामा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु’ले पनि राम्रो व्यापार गरेको थियो ।

For More videos Log on to Mazzako TV