अभिनेत्री सुस्मिता केसीले रंग पत्रकार उत्सव रसाइलीलाई धम्क्याएकोमा आत्मालोचना गरेकी छिन् । अपराध महाशाखा टेकुमा पुगेर उनले लिखित रुपमै उत्सवसँग गल्ती भएको भन्दै आत्मालोचना गरेकी हुन् ।

अभिनेत्री केसीले पत्रकार रसाइलीलाई ‘बैनी उर्फ भाइ’ भन्दै होच्च्याएर फेसबुकमा स्टाटस लेखेकी थिइन् भने रसाइली भनेको कुन जात हो ? भनेर सोधकी थिइन् । यसपछि, उनले फोन मार्फत बाबुको बिहे देखाइदिने भन्दै धम्की दिएकी थिइन् ।

रसाइलीले जातीय, लैंगिक हिंसा र कुटपिट गर्ने धम्की दिएको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएका थिए । सुस्मितालाई बिहिबार प्रहरीले सोधपुछका लागि बोलाएको थियो । उनले निखित रुपमै रसाइलीसँग आत्मालोचना गरेकी छिन् ।

For More videos Log on to Mazzako TV