‘प्रेमगीत २’ हलमा, २ दिन आक्रामक व्यापारको संकेत
यस्तो लाग्दैछ, वि.सं २०७२ सालमा रिलिज भएको फिल्म ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ले शुक्रबार र शनिबार व्यापारमा धुम मच्चाउनेछ । यो फिल्मको बुकिङ वुधबारदेखि खुल्ला भएको थियो र आक्रामक रुपमा दर्शकले यो फिल्म बुक गरिरहेका छन् ।

आजबाट यो फिल्म देशभरका हलमा रिलिज भएको छ । सन्तोष सेनको निर्माणमा तयार भएको यो फिल्मलाई रामशरठ पाठकले निर्देशन गरेका हुन् । फिल्ममा प्रदिप खड्का, अश्लेषा ठकुरी र सन्तोष सेनको मुख्य भूमिका छ ।
फिल्मको इनिसियल व्यापार आक्रामक हुने देखिएको छ । काठमाण्डौको क्यूएफएक्सले फिल्मलाई १५ शो दिएको छ । यस्तै, सिंगल र मल्टिप्लेक्समा पनि दर्शकको उच्च चाप रहने देखिएको छ ।
निर्माण र प्रचारमा उच्च खर्च भएकाले पनि यो फिल्मले २ साता लोभलाग्दो व्यापार गर्नुपर्ने हुन्छ ।
For More videos Log on to Mazzako TV







