रेखा र निखिलको अंकमाल
अभिनेता निखिल उप्रेती र अभिनेत्री रेखा थापाविचको सम्बन्ध कुनै समय पानी बाराबारको अवस्थामा थियो । रेखा र निखिल एक अर्काको स्टारडमको घमण्डमा चुर थिए । एक अर्कासँग फिल्म नै नखेल्ने भनेर बसेका रेखा र निखिल अहिले पनि मिलेका छन् । 
अभिनेता निखिल उप्रेतीले फिल्म ‘भैरव’का लागि अफर गर्न जाँदा रेखाले गर्दिन भनेकी थिइन् । तर, उनै रेखा अहिले सबैसँग सम्बन्ध सुधार गर्दैछिन् । ८ बर्षपछि अभिनेता आर्यन सिग्देलसँग फिल्म खेलेकी रेखा आफ्ना पुराना दुश्मन निखिल उप्रेतीले निर्माण तथा अभिनय गरेको फिल्म ‘रुद्र’को प्रिमियरमा पुगिन् । दुबैले एकसाथ तस्बिर खिचाए र आफूहरुविच केही नभएको तर मिडियाले नै झगडा पारिदिएको बताए ।
यी दुइले आफूहरुले कथावस्तु राम्रो पाएको खण्डमा फिल्म एकसाथ खेल्ने र लगानी गर्ने पनि बताए ।
For More videos Log on to Mazzako TV







