अबको पालोमा हेर्नुस् ‘ग्याङस्टार ब्लुज’ को आइटम गीत (भिडियो)
भाद्र २ गते बाट अल नेपाल रिलिज हुने फिल्म ‘ग्याङस्टार ब्लुज’ को आइटम गीत रिलिज भएको छ । हालै फस्टलुक पोष्टर सार्वजनिक गरेको निर्माण पक्षले एक दिन पछि बुधवार फिल्मको ‘अबला’ बोलको आइटम गीत सार्वजनिक गरेको हो । बानिका प्रधान र कालिप्रसाद बास्कोटाको स्वरमा रहेको उक्त गीतमा मानस, कालीप्रसाद र एकतारेको शब्द रहेको छ । गीतमा कालिप्रसादकै संगीत रहेको छ । उक्त आइटम गीतमा सृष्टि कार्की आइटम ग्रलको भूमिकामा प्रस्तुत भएकी छिन् ।

यस अघि ‘होस्टेल’, ‘जेरी’, ‘संबोधन’, ‘गाजलु’ फिल्म निर्देशन गरेर सफल निर्देशकको छवी बनाएका निर्देशक हेमराज बीसीले ‘ग्याङस्टार ब्लुज’ लाई निर्देशन गरेका हुन् । फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको मुख्य अभिनय रहेको छ । मनिष पण्डित कार्यकारी निर्माता रहेको फिल्मलाई सरोज न्यौपाने र हेमराज बीसीले मिलेर निर्माण गरेका हुन् । हेर्नुस् भिडियो :
For More videos Log on to Mazzako TV








