गायक कृष्णको ढुकढुकीमा के चल्दै छ ? (भिडियो)
गायक कृष्ण काफ्ले र गायिका मोलीशा आले मगरको आवाज रहेको ‘यो मुटुको ढुकढुकीमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लेखु सहयात्रीले लेखेको शब्दमा गायक कृष्णले संगीत भरेका छन् । भिडियोमा पुष्पल खड्का र अशिष्मा नकर्मीले अभिनय गरेका छन् । पुष्पल र अशिष्माले फिचरिङ गरेको भिडियोमा केमेष्ट्रि समेत मज्जाको देखिन्छ ।

‘यो मुटुको ढुकढुकीमा’ गीतका म्यूजिक भिडियो निर्देशक बिधान कार्की हुन् । हरि हुमागाईले खिचेको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । हेर्नुस भिडियो :
For More videos Log on to Mazzako TV








