कल्पना तीजमा कति भाग्यमानी ? (हेर्नुस् भिडियो)
गायिका कल्पना भण्डारीले ‘मै कति भाग्यमानी’ बोलको तीज गीतको भिडियो बजारमा ल्याएकी छिन् । चर्चित गीतकार बिपीन किरनको शब्द र नारायण सुवेदीको संगीत रहेको गीतमा भण्डारी आफैले नृत्य गरेकी छन् । बजारमा सासु, नन्द, आमाजु, देउरानी र जेठानीले दुःख दिएको बिलौना गरेर गाइएका तीज गीतहरु आइरहेका बेला आफूले फरक गीत ल्याउन खोजेको भण्डारीको भनाई छ । ‘मै कति भाग्यमानी’ बोलको गीत अन्य तिज गीतहरु भन्दा निक्कै फरक रहेको गीतकार बिपिन किरण बताउछन् ।

नेपाली गीत संगितको क्षेत्रमा विभिन्न विसंगति फैलिरहेको बेला यस गीतमा समाजमा सकारात्मक सन्देश दिनेखालका शब्दहरु समेटिएकाले पनि अन्य तिज गीतहरु भन्दा फरक रहेका भण्डारी बताउछिन् । भिडियो हेर्नुस् :
For More videos Log on to Mazzako TV








