नेपाली फिल्मका सुपरस्टारहरु एउटै शैलीको शिकार भएका छन् । अभिनेता राजेश हमालले सबै फिल्ममा एउटै शैलीको संवाद बोले । अभिनेताको यो शैलीले लामो समयसम्म चर्चा त पायो, तर हमाल एउटै शैलीमा दौडदा अहिले हराए जस्तै छन् । हमाल आफैलाई पनि आफूले खेलेका फिल्ममध्ये निकै थोरैको मात्र याद छ ।

राजेश हमालपछि स्टारको दौडमा लागेका अभिनेता दयाहाङ राइलाई पनि फिल्म क्षेत्रले एउटै शैलीमा दोहन ग¥यो र उनको क्रेज सकियो । दयाहाङ राइ जुन शैलीमा अभिनय गर्थे, त्यो शैलीबाट उनलाई बाहिर आउनै दिइएन वा उनी बाहिर आउन चाहेनन् । अफर आएका सबै फिल्ममा काम गरेका दया अहिले कमजोर बनेका छन् ।

राजेश हमाल र दयाहाङ जस्तै अर्का अभिनेता खगेन्द्र लामिछाने पनि यही शैलीको पछाडि लागेको चर्चा हुन थालेको छ । फिल्म ‘वधशालादेखि धनपति’ सम्म आइपुग्दा खगेन्द्रको अभिनय शैली एउटै भएको भनेर आलोचना हुन थालेको छ । अभिनेताको बोल्नेदेखि अभिनय गर्ने शैली एउटै भएका कारण उनले फिल्म क्षेत्रमा अब आफूलाई नयाँ ढंगले लैजानुपर्ने टिप्पणी फिल्मीकर्मीले नै गर्न थालेका छन् ।

For More videos Log on to Mazzako TV