नेपाली चलचित्रमा अहिले कलाकारलाई महंगो रकम दिन थालिएको छ । केही कलाकारले आफूले मागेजति पारिश्रमिक लिन थालेका छन् । तर, कलाकारलाई १० लाख भन्दा बढी पारिश्रमिक दिने निर्माताले चलचित्रको कथामा भने खासै लगानी गर्न सकेका छैनन् ।

कथामा राम्रो लगानी नगरेसम्म चलचित्र गतिलो बन्दैन । यो असन्तुष्टी निर्देशक निश्चल बस्नेतले पनि उठाएका छन् । निश्चलले लेखेका छन्–‘कलाकारको पारिश्रमिक बढ्नु राम्रो कुरा हो । कलाकारलाई १० लाख दिन सक्ने निर्माताले कथामा खै त लगानी गरेको अर्को १० लाख ? फिल्म करोडको बनाउन नहिच्किने, स्क्रिप्टमा ५० हजार लगानी गर्न पनि पसिना चुहाउने ?’

उनले पारिश्रमिक दिएजति कलाकारसँग समय लिन नसक्नु निर्माणपक्षको कमजोरी हो समेत भनेका छन् । पछिल्ला समय केही कलाकारको टाउको विक्न थालेपछि उनीहरुमाथि लाखौ लगानी हुन थालेको छ । तर, चलचित्रको मुख्य मेरुदण्ड स्क्रिप्टमा भने खासै गतिलो लगानी भएको पाइदैन ।

For More videos Log on to Mazzako TV