भलिबल खेलाडी सिपोरा गुरुङ अभिनित फिल्म ‘भुईंमान्छे’ र चलचित्र पत्रकारबिच मैत्रीपूर्ण भलिवल खेल भएको छ । जाउलाखेल स्थित राष्ट्रिय भलिवल प्रशिक्षण कोर्टमा आयोजना भएको खेलमा ‘भुइँमान्छे’ टिमले संचारकर्मिको टिमलाई ३–१ को सेटमा हरायो ।

बेस्ट अफ फाइभमा खेलाइएको पहिलो सेट २५–१० ले ‘भुइँमान्छे’ टिमको पक्षमा पर्यो । त्यस्तै पहिलो सेटमा राम्रो खेल्न नसकेकोे पत्रकारको टिमले दोस्रो सेटमा केहि सुधारिएको खेल देखाउँदै २५–२० ले पछाडी पर्यो । पत्रकारको टिमले तेस्रो सेट २५–१६ ले आफ्नो पोल्टामा नतिजा पार्याे । चौथों सेटमा फिल्म युनिटले २५–२३ को नतिजा आफ्नो पोल्टामा पार्न सफल भयो ।

भलिवल राष्ट्रिय टोलि कप्तान विनिता बुढाथोकीसंगै स्पाइकरहरु सरस्वति चौधरी , नेबिका चौधरीसंगै सिपोराले ‘भुइँमान्छे’ युनिटको कप्तानी सम्हालेकी थिइन् । अझ मज्जाको कुरा अभिनेता रमेश बुढाथोकी मैदानमा प्रबेश गर्दा खेल रोमान्चक बनेको थियो ।

त्यस्तै पत्रकार टिमको कप्तानी चलचित्र पत्रकार संघका संगठन उपाध्यक्ष दिनेश सिटौला सम्हालेका थिए । सुशील पौडेल, दीपसन लुइँटेल, समीर बलामी, उद्दव रसाईली, आकाश खड्का, सिपी जैसी, सन्तोषकुमार थापा लगायतका पत्रकारहरु मैदानमा उत्रिएका थिए ।

भदौ २ गते बाट अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘भुइँमान्छे’ मा सिपोरा गुरुङ, रमेश बुढाथोकी, सहिन प्रजापति, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ । लास चिर्ने मान्छेको मनोबिज्ञानमा आधारित फिल्मलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV