अनमोललाई पत्यायो अमेरिकाले
स्टार अभिनेता अनमोल केसीलाई बल्ल यसपटक भने अमेरिकाले पत्याएको छ । अभिनेता केसीलाई अमेरिकाले भिसा दिएको छ । केही महिना अगाडि पनि अभिनेता केसी एक कार्यक्रमको लागि अमेरिका जाने तयारीमा थिए । 
तर, अमेरिकाले भिसा नदिएपछि उनले अर्कै बहाना बनाएका थिए । सो समयमा अभिनेता केसीले आफू फिल्म ‘कृ’को तयारीमा लाग्नुपर्ने भएकाले अमेरिका नजाने बताएका थिए ।
अनमोललाई भिसा नदिएपछि पिता भूवन केसी एक्लै फिल्म ‘ड्रिम्स’ रिलिजका लागि अमेरिका पुगेका थिए ।
तर, यसपटक अमेरिकामा आयोजना हुन लागेको ‘ग्लोबल फिल्म अवार्ड’का लागि भने अनमोल अमेरिका जाने वुझिएको छ ।
For More videos Log on to Mazzako TV







