श्रृष्टीको केयर गर्न सौगात पनि ‘लाउरे’को छायांकनमा

यस्तो लाग्दैछ, अहिले अभिनेता सौगात मल्ल प्रेममा गहिरो तरिकाले परेका छन् । सौगात मल्ल र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको प्रेम निकै फराकिलो बनेको छ । यसको उदाहरण हो, सौगातले श्रृष्टीलाई गरिरहेको केयर । सौगातको हातमा पनि फिल्मको कमी छैन ।
तर, उनी आफू अभिनित फिल्मको प्रचारमा दौडिरहेका छैनन् । बरु, उनी आफ्नी प्रेमिका श्रृष्टी श्रेष्ठको केयरिङमा समय दिइरहेका छन् । फिल्म ‘लाउरे’को धमाधम छायांकन पूर्वमा भैरहेको छ ।
हात भाच्चिएपछि श्रृष्टीले केही दिन फिल्मको सेटबाट छुट्टी लिइन् । तर, उनले अहिले सेट जोइन गरिसकेकी छिन् । तर, उनको साथमा अभिनेता सौगात मल्ल पनि छन् । जसले उनको हेरचाह गरिरहेका छन् । ‘लाउरे’मा सौगात कलाकारको रुपमा छैनन् । तर, उनी यो फिल्मको छायांकन सेटमा भने छन् । जो श्रृष्टीको केयरिङ गरिरहेका छन् । साच्चै, सौगात गहिरो प्रेममा परेकै हुन् त ? घटनाक्रमले यस्तै देखाइरहेको छ ।
For More videos Log on to Mazzako TV







