४ वटा फिल्म रिलिज भैसक्दा अभिनेता अनमोल केसी नेपालको सुपरस्टार भैसकेका छन् । अहिले, नेपालमा अनमोल मात्र एक यस्ता कलाकार छन् जसलाई निर्धक्क भएर निर्माताले लगानी गर्न सक्छन् । उनै, अभिनेताको चर्चा भारतको एक चर्चित अनलाइनमा पनि गरिएको छ ।
अमरउज्याला नामक अनलाइनले अनमोललाई नेपालको सुपरस्टार भनेको छ । सन् २०१३ मा फिल्म क्षेत्रमा प्रवेश गरेका अनमोलको सबै फिल्म हिट भएको अनलाइनको भनाइ छ । अनलाइनका अनुसार कमाइको मामलामा पनि उनी अगाडि छन् । उनले एक फिल्मका लागि ८ देखि २० लाख लिने गरेको अमरउज्यालामा उल्लेख छ । कुनै, अभिनेताले पाउने सबैभन्दा महंगो रकम अनमोलले लिने गरेको अनलाइनले उल्लेख गरेको छ ।

नेपाली फिल्मका चर्चित अभिनेताको चर्चा अब भारतीय मिडियामा समेत हुन थालेको छ ।

For More videos Log on to Mazzako TV