अभिनेता प्रदिप खड्कालाई फिल्म ‘प्रेमगीत २’ रिलिजपछि सामान्य लगानी गर्न चाहने निर्माताले छुन सक्ने अवस्था छैन । कारण, प्रदिपको पारिश्रमिक चर्किएको छ ।

फिल्म, ‘प्रेमगीत’मा काम गर्दा निर्माता सन्तोष सेनले उनलाई २ लाख पारिश्रमिक दिएका थिए । तर, ‘प्रेमगीत २’सम्म आइपुग्दा उनको पारिश्रमिक ८ लाख पुग्यो ।

तर, यो फिल्म रिलिज नहुँदै प्रदिपले पारिश्रमिक १५ लाख डिमाण्ड गर्न थालेका छन् । पारिश्रमिक मात्र होइन, उनले बर्मा र थाइल्याण्डको राइट्स समेत डिमाण्ड गरेका छन् । प्रदिपलाई १५ लाख दिएर फिल्म बनाउन पनि निर्माता तयार देखिएका छन् ।

आफूले फिल्मका लागि पहिला त कथा नै हेर्ने भन्दै प्रदिपले पारिश्रमिक पनि मिहिनेत गरे अनुसारको माग्ने बताएका छन् ।

For More videos Log on to Mazzako TV