गायिका जीना रसाईंलीको नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका जीनाको ‘तीजमा बरीलै’ बोलको तीज गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त तीज गीतमा लण्डनमा बस्ने नेपाली दिदी बहिनीहरु छमछमी नाँचेका छन् । बेलायतको आइकोनिक संरचना वरपर नेपाली संस्कृति झल्काउने गरि पहिलो पटक तीज गीतको छायाँकन गरिएको हो । लिला विश्वकर्माको शब्द रहेको गीतमा ईन्द्र आरपीको संगीत रहेको छ ।

यसलाई नेपालको कला संस्कृति प्रवद्र्धनमा समेत टेवा पुर्याउने विश्वास निर्माण टिमले लिएको छ । लीला विश्वकर्मा र सुस्मिता थापाको कोरियोग्राफी रहेको भिडियोमा कुसल श्रेष्ठको छायाँकन, सम्पादन र निर्देशन रहेको छ । हेर्नुस् भिडियो :


 

 

For More videos Log on to Mazzako TV