अभिनेत्री स्वेता खड्का केही बर्षपछि पर्दामा फर्किदैछन् । स्वेताले आफ्नै ब्यानरमा निर्माण गर्न लागेको फिल्मको नाम ‘कान्छी’ राखिएको छ । यो फिल्ममा स्वेता र अभिनेता दयाहाङ राइको जोडी बाधिदैछ ।
अभिनेता दयाहाङ राई पछिल्ला बर्षमा फिल्म असफल भएपछि सफल फिल्मको खोजीमा छन् । दयाले धेरै फिल्ममा काम गर्दा उनको करिअर खस्कन थालेको छ । यस्तो समयमा स्वेता दयासँग जोडी बाधेर फिल्म निर्माण गर्दैछिन् । आकाश अधिकारीले निर्देशन गर्ने यो फिल्मको छायांकन अगष्टको १४ तारिखबाट सुरु हुने भएको छ ।

अभिनेत्री खड्काले माझी बस्ती निर्माणका लागि भन्दै केही समयका लागि फिल्मको प्रदर्शन पछि सारेकी थिइन् । अब, साउनको अन्तिम साताबाट फिल्म छायांकनमा जाने भएको छ ।

For More videos Log on to Mazzako TV