‘कृ’को सुटिङमा जीयाको के काम ?
फिल्म ‘कृ’को हाल धमाधम छायांकन भैरहेको छ । यो फिल्मको छायांकन लम्बिएपछि बजेट पनि बढेको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् भने सुवास गिरी र भूवन केसी यसका मुख्य निर्माता हुन् । 
तर, रमाइलो कुरा के छ भने यो फिल्मको छायांकनमा कुनै समयकी हट अभिनेत्री जीया केसी छुट्दिनन् । वुझिएअनुसार, जीया फिल्मको सेटमा पुग्छिन् र भूवनसँग बस्छिन् । जीयाले अनमोलको कपालदेखि ड्रेसअपसम्म पनि टिप्पणी गर्ने गरेको वुझिएको छ ।
अभिनेत्री जीया केसीले आफूले फेसबुकमा शेयर गरेको तस्बिरमा पनि उनी टिमसँग देखिएकी छिन् । फिल्म क्षेत्रमा अभिनय छाडेर अभिनेता भूवन केसीसँग लिभिङ टूगेदरमा बसेकी जीया आखिर किन फिल्मको सेटमा पुग्छिन्, वुझ्न गाह्रो छ ।
For More videos Log on to Mazzako TV







