आगामी भदौ २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले छोटो समयमा नै युटुबमा १ करोड भ्युज पाएको छ । यो गीतले ४९ दिनमा नै १ करोडभन्दा बढी भ्युज पाएको हो ।
चलचित्रका निर्माता कम्पनीहरू जि टु वान प्रोडक्सन र ब्ल्याक् हर्सले १ करोड भ्युज पुगेको खुसियालीमा गैह्रीधाराको स्टेसन फाइभमा एक कार्यक्रम आयोजना गरेका छने । कार्यक्रममा बोल्दै फिल्मका निर्देशक असिम शाहले नेपाली भिडियोहरूले युट्युबमा १ करोड भ्युज पाउनु ठूलो उपलब्धी भएको बताए । उनले भने–‘ ५० दिन नपुग्दै १ करोड भ्युज पाउनुमा हाम्रा दर्शक, समर्थक, र प्रशंसकहरूको ठूलो हात छ । गीत जस्तो छ, चलचित्र पनि त्यही लेबलमा बनेको छ ।’

राजनराज सिवाकोटीको संगीतमा तयार भएको यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकार निश्चल बस्नेत र आशिफ शाहको साथमा अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेका छन् ।

नेपाली फिल्मका गीतसंगीतले युटुबमा राम्रा दर्शक पाउन थालेपछि अहिले संगीतको प्रभाव फिल्मको व्यापारमा पनि पर्न थालेको छ ।

For More videos Log on to Mazzako TV