निखिल भन्छन्–‘मेरा फिल्म आइतबारबाट नचल्नुमा मेरो मात्र दोष छैन’
अभिनेता निखिल उप्रेतीका फिल्मले शुक्रबार र शनिबार राम्रै कमाई गरिरहेका छन् । तर, आइतबारबाट भने निखिलले काम गरेका फिल्मको व्यापार निकै कम हुने गर्दछन् । इनिसियल व्यापारपछि निखिलका फिल्मले व्यापार गर्न नसक्दा निर्मातालाई पनि उल्लेख्य फाइदा हुन सकेको छैन । 
यो बिषयमा निखिलको आफ्नै खालको तर्क छ । निखिल, यो कुरालाई सत्य मान्छन् । तर, यसको पछाडि आफ्नो मात्र हात नरहेको निखिल बताउँछन् । उनी भन्छन्–‘यो कुरा सत्य हो । तर, यसको पछाडि मेरो मात्र हात हुँदैन । एउटा फिल्म बनाउन सिंगो टिम नै चाहिन्छ ।’
निखिलले दर्शक निराश भएर फकिएपनि आफ्नो फिल्म २ दिन हेरिदिएको भन्दै खुशी व्यक्त गरे । उनले, नेपाली फिल्म कथामा सुनाउँदा एउटा र बन्दा अर्कै बन्ने समेत बताए ।
For More videos Log on to Mazzako TV







