संगीतले फिल्मको व्यापारमा उथलपुथल
अब नेपाली फिल्मको व्यापार सुखद होस् भन्ने चाहना राख्ने हो भने, नेपाली फिल्मका निर्माताहरुले संगीतलाई ध्यान दिनुपर्ने देखिएको छ । फिल्मको व्यापार सुखद भएका अधिकांश फिल्मका संगीत पावरफूल देखिएका छन् । ‘छक्का पन्जा होस् या नाइ नभन्नु ल का ४’ सिरिज नै किन नहोस्, सबै फिल्मको इनिसियल व्यापार हुनुको पछाडि संगीत नै मुख्य कारण देखिएको छ ।

अहिले नेपाली फिल्मका निर्माताहरुले संगीत र भिडियोका लागि राम्रो लगानी पनि गर्न थालेका छन् । एउटै गीत बनाउन २०–२५ लाख खर्च गर्न थालिएको छ । हालैमात्र रिलिज भैरहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ चल्नुमा पनि संगीतको ठूलो प्रभाव छ । ट्रेलर नै सार्वजनिक नगरि फिल्म ‘ए मेरो हजुर २’ले चर्चा पाउनुको पछाडि संगीतकै योगदान छ ।
संगीतकै कारण यस अगाडि पनि धेरै फिल्मले लगानी सुरक्षित गरिसकेका छन् । यसैले, फिल्म चल्नु अगाडि गीत हिट भएको खण्डमा त्यसले फिल्मको व्यापारमा ठूलो फरक पार्ने पक्का छ ।
For More videos Log on to Mazzako TV







