शुक्रबारबाट रिलिज भएको फिल्म ‘म यस्तो गीत गाउँछु’ले आक्रामक ओपनिङसँगै आफ्नो लगानी सुरक्षित गर्ने बाटो समातेको छ । शुक्रबार र शनिबार गरेर फिल्मले देशभरका हलबाट १ करोड ८० लाख रुपैयाँको ग्रस कलेक्शन गरेको वितरकहरुले बताएका छन् । शुक्रबार र शनिबार फिल्मले काठमाण्डौबाट १ करोड २० लाखको ग्रस कलेक्शन गरेको वितरक रेखा फिल्मस्ले बताएको छ ।

यस्तै, काठमाण्डौ बाहिर २ दिनमा फिल्मको व्यापार ६० लाख रुपैयाँ छ । आइतबार पनि फिल्मको व्यापारमा कुनै कमी आएको छैन । काठमाण्डौको क्यूएफएक्सले सोमबारबाट फिल्मलाई १० शो दिएको छ । आइतबारसम्म फिल्मलाई ६ शो दिइएको थियो ।

सुदर्शन थापा निर्देशित यो फिल्ममा पल शाह, पूजा शर्मा, राजाराम पौडेल, सरोज खनाल, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मले केही दिनमै लगानी सुरक्षित गर्ने पक्का छ । ओभरसिजको कमाइ फिल्मका निर्माताको पोल्टामा गैसकेको छ ।

For More videos Log on to Mazzako TV