चित्रकला प्रतियोगीतामा ‘भूइँमान्छे’को अन्तरक्रिया
काठमाण्डौको हनुमान ढोका दरबार क्षेत्रमा रहेको यूथकर्नर तथा काठमाण्डौ खेल मण्डलले आयोजना गरेको विद्यायल स्तरिय बृहत्त चित्रकला प्रतियोगीतामा भाग लिन आएका विद्यार्थीसँग फिल्म ‘भूइँमान्छे’को टिमले अन्तरक्रिया गरेको छ । 
फिल्मको तर्फबाट निर्माता रोहिणी भट्टराई , निर्देशक नवराज बुढाथोकीसँगै कलाकारहरु रमेश बुढाथोकी , सिपोरा गुरुङ र सानु ताम्राकारले अन्तरक्रिया गरेका थिए । शव चिर्ने मान्छेको मनोविज्ञानमा आधारित यस फिल्मको बारेमा निर्देशकनवराजले जानकारी दिदै विद्यार्थीले गरेको जिज्ञासालाई मेटाएका थिए । अभिनेत्री सिपोराले पनि आफुलाई विषयवस्तु मन परेकोले अभिनय गरेको बताउनुका साथै फिल्मले विधार्थीलाई पनि केहि ज्ञान दिने बताएकी थिइन् ।
रिलिजका लागि केहि साता मात्र बाँकी रहँदा फिल्म युनिटले माध्यमिक तह सम्म ध्ययन गर्ने विधार्थीसँग अन्तरक्रिया गरेको हो । यो फिल्म भदौ २ गतेबाट रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV







