सुरज थापा बिभिन्न उत्तार चडाब संगै लामो समय देखि नेपाली संगीत क्षेत्रमा होमिएका हुन् । नेपालगंजमा बसोबास गर्दै आएका सुरज बिकट जिल्ला दैलेखमा जन्मिएका हुन् । सानै देखि संगीतमा रुची राख्ने उनि २०६० सालमा भागेर काठमाण्डौं आएर आर.आर.कलेजमा अध्ययन गर्न थाले । संगीतमा लाग्ने सपना बोकेर घरबाट भागेका उनलाई पढ्न समेत पैसा नपुगेपछी संगीत यात्रा सहज हुने कुरै भएन् । कोठा भाडा समेत तिर्न नसक्ने अवस्था आएपछि के समेत गरेनन् उनले ? कहिले कपडा पसलमा भुई तथा सिसा पुछे त कहिले झोला भरी श्याम्फु र क्रिम बोकेर घर घरमा पुगे, कहिले रिक्सामा चाउचाउ र चिप्स बोकेर पसल पसल धाए । एकातिर संगीत तर्फको मोह अर्को तिर खान बस्नको धौ धौ त्यही कारण गजलसाँझ, क्यासिनोहरुमा गीत गजल गाउन सुरु गरे ।

केहि समय पछि सुरजकै अग्रसरतामा सुत्र ब्याण्ड स्थापना भयो । ब्याण्ड मार्फत काठमाडौं लगायत देशका बिभिन्न स्थानमा सांगीतिक कार्यक्रमहरु गर्न थाले । उनले एउटा एल्बम ‘क्रन्दन’ समेत बजारमा ल्याए । उनि करिब १ बर्ष वैदेशिक रोजगारीका लागि बहराइन बसे । त्यहाबाट फर्के पछी फेरी नेपाली संगीतको गोरेटोमा हिंड्न थाले । सांगीतिक प्रतियोगिताहरु ‘तिम्रो सुर मेरो गीत’, ‘बागिना’, ‘नेपाल स्टार’, ‘नेपाली तारा–२’ गर्दै ‘ईण्डियन आइडल–९’ को तेस्रो राउन्ड सम्म पुगे, तर सफलता भने कतै हात परेन् । उनले हार मनेनन र पछिल्लो समय नेपाल आइडलमा सहभागी भएर टप ११ मा पुग्न सफल भएका छन । छोरा लाहुरे बनोस भन्ने बुवाको सपनालाई छोडेर संगीत क्षेत्रमा लागेका उनले आमाको भने सधैं हौसला र साथ पाएका छन । क्लासिकल र सुफी गीतहरुमा बढि रुचाईएका थापा निकै सालीन र भद्र स्वभाबका देखिन्छन् । टप ११ सम्म पुग्न सफल नेपाल आइडलमा उनको यात्रा निरन्तर जारी छ । नेपाल आइडलको यात्रा तब सफल साबित हुनेछ, जब यहाँहरुले अत्याधिक भोट गरि उनलाई साथ दिनुहुनेछ । सुरज थापालाई भोट गर्न मोबाईल को म्यासेज बक्स मा गएर १७ टाईप गरी ३५२२५ मा पठाउनु पर्ने छ ।

For More videos Log on to Mazzako TV