के गर्ने भन्दा भन्दै चुम्बन गरे दीपा र रेखाले ?
नेपाली फिल्म क्षेत्रमा कलाकारको सम्बन्धको बारेमा विभिन्न खालका खबर सार्वजनिक भैरहेका हुन्छन् । कतिबेला को कलाकार मिल्छन् वा कतिबेला को कलाकार टाढिन्छन्, थाहा हुनै हुदैन । अभिनेत्री रेखा थापा र निर्देशक दीपाश्री निरौलाको सम्बन्ध पनि त्यस्तै छ । दीपा र रेखाविच केही समय बोलचाल भएको थिएन । उनीहरुविच बोलचाल नहुनुको कारण आ–आफ्नै तरिकाले चर्चा भयो । 
तर, अहिले दीपा र रेखा भेट्दा निकै नजिकका देखिन्छन् । शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’को प्रिमियरमा पनि दीपा र रेखाको मित्रता झल्कियो । प्रिमियरका लागि तयार पारिएको स्टेजमा पुगेका यी दुइलाई फोटोपत्रकारले पोज दिन आग्रह गरे ।
रेखाले के गर्ने भन्दै प्रश्न गरिन् । के गर्ने भन्दा भन्दै दीपाले रेखाको ओठमा चुम्बन गर्न खोजिन् । तर, रेखाले गाला थापेपछि दुइले चुम्बन गरे । जे भएपनि, प्रिमियरमा रेखा र दीपाको दोस्ती गजबकै देखियो ।
For More videos Log on to Mazzako TV







