गायक तथा संगीतकार रमेशराज भट्टराई र गायिका तथा मोडल सुनिता गुरुङको युगल स्वर रहेको तीज गीतको म्यूजिक भिडियो रिलिज भएको छ । नजिकीदै गरेको हिन्दु नारीहरुको विशेष चार्ड हरी तालिका तीजलाई लक्षीत गर्दै ‘हंकङकैको चुरा’ बोलको तीज गीतको म्यूजिक भिडियो रिलिज गरिएको हो । गीतमा लय तथा शब्द रमेशराज भट्टराईको रहेको छ । राजधानीको एक भब्य पार्टी प्यालेसका साथै बजारको दृष्य समेटिएको म्युजिक भिडियोमा मोडल विकास, फिरोज र गायिका गुरुङले नृत्य गरेका छन्, भने शिवहरी पौडेल र निरु खड्काको समेत अभिनय रहेको छ ।

छायांकन नवराज उप्रेतीको रहेको गीतको सम्पादन विष्णुहरी तिमल्सिनाले गरेका छन् । निर्भाना कला केन्द्रले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन दीपेन्द्र तिमल्सिनाले गरेका छन् । हेर्नुस भिडियो :

For More videos Log on to Mazzako TV