हुनत, अभिनेत्री हर्षिका श्रेष्ठको फिल्मी करिअर बिहे अगाडि पनि खासै चम्किएको थिएन । बिहे अगाडि पनि उनी वैकल्पिक अभिनेत्रीको रुपमा नेपाली फिल्म क्षेत्रमा देखिएकी थिइन् । केही फिल्ममा फाट्टफुट्ट काम गरेपनि हर्षिकाले त्यस्तो चमत्कारिक सफलता पाउन सकेकी थिइन् ।

कोलकत्तामा रहेका एक व्यवसायीसँग बिहे गरेपछि हर्षिका केही समय हराइन् र अहिले फेरि उनी नेपाली फिल्मका कार्यक्रममा झुल्कन थालेकी छिन् । हर्षिका अभिनित फिल्म ‘मेरी कुसुम’ मात्र रिलिजको तयारीमा छ ।

बिहेपछि नेपाली फिल्मका धेरै अभिनेत्री गायब हुने गरेपनि हर्षिका सार्वजनिक कार्यक्रममा भने देखिन्छिन् । तर, फिल्मी सफलता भने उनको पोल्टामा पर्न सकेको छैन ।

For More videos Log on to Mazzako TV