आर्यनसँग फिल्म खेल्दै अशिष्मा
नेपाली फिल्ममा प्रवेश गरेसँगै आफूलाई लक नलागेको बताउँदै आएकी अभिनेत्री अशिष्मा नकर्मीको अहिले बोली र पहिरन फेरिएको छ । अशिष्माले एकपछि अर्को फिल्ममा काम गर्न थालेकी छिन् । जसलेगर्दा, उनी अहिले आफूलाई लक लाग्न थालेको तर्क गर्छिन् । 
अशिष्माले असारको अन्तिमबाट अभिनेता आर्यन अधिकारीसँग नयाँ फिल्ममा काम गर्दैछिन् । यो फिल्मको नाम ‘जस्मिन’ राखिएको छ । अशिष्मा र आर्यनले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।
यो फिल्म लगतै अशिष्माले निर्माता प्रदिपकुमार उदयले निर्माण गर्न लागेको नयाँ फिल्ममा काम गर्दैछिन् । एकपछि अर्को फिल्ममा व्यस्त हुन थालेपछि अशिष्मा दंग देखिएकी छिन् ।
For More videos Log on to Mazzako TV







