‘धनपति’ लाई प्रिमियरमा प्रशंसा, आजबाट हलहलमा (भिडियो)
यस बर्षको बहुप्रतिक्षित फिल्म ‘धनपति’ आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । बिहीबार राजधानी स्थित कुमारी हलमा फिल्मको प्रिमियर सो सम्पन्न भएकोे छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछाने प्रमुख भूमिका रहेका छन्, भने कथा समेत खगेन्द्र लामिछाने कै हो । फिल्म ‘पशुपति प्रसाद’ पछि दीपेन्द र खगेन्द्रले यो फिल्ममा एकसाथ काम गरेका हुन् । धनपतिबाट पनि यो टिमको कामलाई सबैले प्रशंसा गरेका छन् ।

फिल्ममा खगेन्द्रसंगै सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे, रोहित पौडेल लगायतका कलाकारको अभिनय देख्न सकिनेछ । प्रिमियर सोमा बिभिन्न क्षेत्रका व्यक्तित्वका साथ चलचित्रको युनिट सहित पत्रकारको उल्लेखीय उपस्थिति रहेको थियो । प्रिमियर सो मा कस्तो प्रतिक्रिया पायो फिल्मले ? हेनुस् मज्जाको टिभीमा :








