लोकप्रिय गायक गायक हेमन्त शर्माले नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । उनले ‘ए मन्दिरका देउता’ बोलको गीतको म्यूजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरेका हुन् । गीतमा शब्द, संगीत तथा स्वर गायक शर्माकै रहेको छ, भने भिडियो निर्देशन समेत गायक आफैले गरेका छन् । गीतमा इमान्दारीता, विश्वास, समर्पण, बलिदानी र त्यागमा अडेको प्रेमनै अमर प्रेम हो भन्ने कथा छ । भिडियोमा अनिल थापा र बर्षा शिवाकोटीको जोडीको केमेष्ट्रि मज्जाले जमेको छ।

‘ए मन्दिरका देउता’ गीतको संगीत संयोजन सुमन केसीले गरेका हुन् । गीतको म्यूजिक भिडियो शर्माकै अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । धिराज जंग शाहले खिचेको भिडियोका प्रकाश तुलाधार सम्पादक हुन् । भिडियो हेर्नुस :

For More videos Log on to Mazzako TV