कन्सर्टमा जस्तै हलमा पनि प्रदिपलाइ हेर्न मान्छे आउलान् ?
साउन १३ गतेबाट देशभरका हलमा फिल्म ‘प्रेमगीत २’ रिलिज हुँदैछ । यो फिल्मको प्रचारका लागि अहिले यसको निर्माणपक्ष देश बाहिरको कन्सर्टमा व्यस्त छ । दमौलीबाट सुरु गरिएको कन्सर्टमा अभिनेता प्रदिप खड्का र अभिनेत्री अश्लेषा ठकुरी मुख्य हाइलाइटमा छन् । 
दमौली, पोखरा, नेपालगञ्ज, चितवन र हेटौडामा आयोजित कन्सर्टमा दर्शकको उल्लेख्य सहभागीता रह्यो । अभिनेता प्रदिप खड्कालाई हेर्न दर्शकको भीड कन्सर्टमा लाग्यो । प्रदिप पनि गर्मी होस् या पानी परेको क्षण नै किन नहोस्, आफ्ना फ्यानका लागि उत्साहित देखिए ।
निर्माता सन्तोष सेन दर्शकको भीड देखेर दंग छन् । प्रदिपलाई कन्सर्टमा हेर्न आएका दर्शक के हलमा पनि पुग्लान् ? रामशरण पाठक निर्देशित प्रेमकथाको यो फिल्मको मुख्य चुनौती यही नै छ । कन्सर्ट क्रेज हलमा पनि देखिनेमा निर्माणपक्ष विश्वस्त छ ।
For More videos Log on to Mazzako TV







