ग्याङस्टार ब्लूजको ट्रेलरमा आशिरमानको एङ्ग्री र प्रेमी रुप
भदौ २ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ग्याङस्टार ब्लूज’को ट्रेलर आज सार्वजनिक भएको छ छ । फिल्मका कलाकार, प्राविधिक, निर्माता, निर्देशकको उपस्थितीमा फिल्मको ट्रेलर सार्वजनिक भयो । 
हेमराज बीसीको निर्देशनमा तयार भएको यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । फिल्ममा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही, नरेश पौडेल, प्रमोद अग्रहरी, अरुणा कार्की लगायतका कलाकारको अभिनय छ ।
फिल्मको ट्रेलर हेर्दा यसका मुख्य कलाकार आशिरमान देशराजले नेपाली फिल्ममा ठूलो संभावना देखाएका छन् । आशिरमानको रिसाहा र कुल अवतार दुबै दर्शकलाई मनपर्ने खालको छ ।
कार्यक्रममा बोल्दै निर्देशक हेमराज बीसीले फिल्मले एउटा ग्याङस्टार र उसको पछाडिको दुःख पनि भन्ने बताए ।








