निखिल उप्रेती भिलेन अवतारमा प्रस्तुत भएको फिल्म ‘रुद्र’ को रोमान्टिक ‘तिमीमा हराएँ’ बोलको गीतको भिडियो रिलिज भएको छ । साउन १३ बाट अल नेपाल प्रदर्शनमा आउने फिल्ममा नव नायक विश्व शर्मा र नव नायिका सारा बिचको रोमान्समा नायक निखिल उप्रेती भिलेन बन्न आएका छन् ।

दिनेश सुनामको संगीत रहेको गीतमा कृष्ण काफ्ले र मिना निरौलाको स्वर रहेको छ । शब्द लोकराज अधिकारी र सुशिल पंगेनीको हो । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । फिल्मका निर्देशक पनि रामजी नै हुन् । निखिलले निर्माण गरेको ‘रुद्र’ मा कल्पना कुमारी कट्वाल र भक्त प्रसाद शर्मा निर्माताको रुपमा रहेका छन् । भिडियो :

For More videos Log on to Mazzako TV