असार ३० गतेबाट रिलिज हुन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’को ‘कहाँ छ र जिन्दगीको भर तिमीविना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । फिल्म प्रदर्शनको करिब १० दिन अगाडि शिर्ष गीत सार्वजनिक गरिएको हो ।

अर्जुन पोखरेलको संगीत, अन्जु पन्त र प्रमोद खरेलको आवाज, दिग्गज धौरालीको शब्द रहेको यो गीतले मन छुन्छ । सुदर्शन थापा निर्देशित यो फिल्मको गीतमा मुख्य कलाकार पल शाह र पूजा शर्मा फिचरिङ छन् ।

फिल्ममा पूजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राना, नविन मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको गीतले दर्शकको मन जित्ने पक्का छ ।

For More videos Log on to Mazzako TV