‘प्रेमगीत २’को यात्रामा दर्शकको उत्साहजनक साथ
नेपाल भ्रमणमा प्रचारका लागि निस्किएको फिल्म ‘प्रेमगीत २’ यूनिटलाई दर्शकको उच्च साथ मिलेको छ । दमौलीबाट सुरु भएको फिल्म यूनिटको यात्रा पोखरा, नेपालगञ्ज हुँदै सोमबार बुटवल पुगेको छ । पोखराको पानीमा रुझ्दै होस् या नेपालगञ्जको गर्मीमा पसिना पुछ्दै नै किन नहोस्, दर्शकले भरपुर साथ दिएको पाइन्छ । 
निर्माता सन्तोष सेनले वुटवलपछि पूर्वको यात्रामा आफूहरु लाग्ने बताएका छन् । प्रदिप र अश्लेषालाई हेर्न दर्शकको भिड लागेपछि हलमा पनि यस्तै क्रेज देखिने निर्माणपक्षले अपेक्षा गरेको छ ।
रामशरण पाठकको निर्देशनमा तयार भएका यो फिल्म साउन १३ गतेबाट रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV







