अभिनेत्री श्रृष्टीको श्रेष्ठ घाइते भएकी छिन् । शनिबार उनको हातमा गम्भिर चोट लागेपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
सोमबार उनको डिस्चार्ज भएको छ । शनिबार पौने ४ बजे श्रृष्टीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनको अस्पतालमा तत्कालै अप्रेशन पनि भएको थियो ।

श्रृष्टीका प्रेमी अभिनेता सौगात मल्लले आफ्नो जन्मदिन मनाउने क्रममा दराज लडेर श्रृष्टीको हात भाँच्चिएको बताएका छन् । तर, अचेत अवस्थामा अस्पताल भर्ना गरिएकी श्रृष्टीको दाहिने हातको नाडीमा गम्भिर चोट लागेको अस्पताल श्रोतले बताएको छ ।

For More videos Log on to Mazzako TV