धर्मेन्द्रकी ‘सोल्टिनी’ हेर्नुस (भिडियो)
गायक धर्मेन्द्र सेवनले नयाँ गीतको भिडियो रिलिज गरेका छन् । उनले ‘सोल्टिनी’ बोलको गीतको भिडियो हालै युट्युब मार्फत रिलिज गरेका हुन् । ‘इन्द्रेनी’ एल्बममा समाबेश उक्त गीतमा सुसन माझी ‘दियालो’को शब्द तथा अम्बर तुम्बाफो सुब्बाको संगीत रहेको छ । भिडियोमा किरण लोचन र श्रेया कार्कीको केमेष्ट्रि मज्जाले जमेको देखिन्छ ।

‘सोल्टिनी’ गीतको भिडियोको निर्देशन राजीब कुमार श्रेष्ठले गरेका छन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई बिबेक बिकले सम्पादन गरेका छन् । हेर्नुुस भिडियो :
For More videos Log on to Mazzako TV







