साउनको १३ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत २’को औपचारिक पोष्टर रिलिज गरिएको छ । टौवा क्रियसनले तयार पारेका पोष्टरहरुले फिल्मको प्रचारमा सहयोग पुर्‍याउनेछन् ।

प्रदीप खड्का, अश्लेषा ठकुरी र सन्तोष सेन चित्रित पोस्टरले प्रेमकथाको शैलीलाई देखाएको छ । रामशरण पाठक निर्देशित सिनेमाले देश दौडाहा थाल्नुअघि पोस्टर रिलिज गरेको हो । तनहुँको दमौलीदेखि सुरु हुने कन्सर्ट टुर पोखरा, नेपालगंज हुँदै पूर्वी शहरतर्फ अघि बढ्नेछ ।

शुक्रबारबाट सुरु भएको टुरमा १५ जना सदस्य सहभागी छन् । पोष्टप्रोडक्शन सकाएपछि फिल्म प्रचारका लागि देश दौडाहा सुरु गरिएको हो । नेपाल, बर्मा र थाइल्याण्डमा छायांकन गरिएको चलचित्रको हाइप अहिले उच्च छ । सन्तोष सेनले चलचित्रको निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV