वैवाहिक जीवनमा बाँधिए नीशा र शरद
अभिनेत्री नीशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरले एक अर्कालाई जीवनसाथी बनाएका छन् । काठमाण्डौको पाँच तारे होटलमा यी दुइले एक अर्कालाई सधै साथ दिने बाँचा गरे । 
विगत ८ बर्षदेखि एक अर्कालाई चिन्दै आएका नीशा र शरदको प्रेम सम्बन्ध गाँसिएको भने ५ बर्ष भयो । नीशा र शरदले आफ्ना आफन्तहरुलाई मात्र बोलाएर बिबाह गरेका हुन् ।
दुलही बनेकी नीशालाई शरदले नेपाली पोशाकमा आफ्नी जीवनसाथी बनाएका हुन् । असार १८ गते यी दुइले फिल्मीकर्मी, आफन्तलाई बोलाएर पार्टी दिने तयारी समेत गरेका छन् । 








