नीशाको मेहेन्दीमा शरद पनि
अभिनेत्री नीशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर असार १६ गते अर्थात भोली शुक्रबार बैबाहिक जीवनमा बाँधिदैछन् । यो जोडीलाई अहिले बिहे मज्जैले लागेको छ । वुधबार अभिनेत्री नीशा अधिकारीले हातमा शरदको नामको मेहेन्दी लगाइन् । 
नीशालाई वधाई दिनका लागि अभिनेत्री तथा मोडल वेनिशा हमाल, मोडल रीमा विश्वकर्मा, पूर्व मिस नेपाल माल्भिका सुब्बा पुगेका थिए । नीशा मेहेन्दी लगाउँदै गर्दा लजाइन् ।
रोचक कुरा के छ भने, नीशाको मेहेन्दीमा शरद पनि उपस्थित थिए । उनले, फिल्मीकर्मीसँग हाँस्दै तस्बिर खिचाए । नीशा र शरद केही बर्ष प्रेममा रहेर वैवाहिक जीवनमा बाधिन लागेका हुन् ।
For More videos Log on to Mazzako TV







